पोखराका देवान राईसहित रुसी सेनामा भर्ना भएका ६ जनाको मृत्यु, एक नेपाली युक्रेनमा बन्धक

पाेखरा | मंसिर १९, २०८०

पोखराका देवान राईसहित रुसी सेनामा भर्ना भएका ६ जनाको मृत्यु, एक नेपाली युक्रेनमा बन्धक

पोखरा:  रुसी सेनामा भर्ना भएका पोखराका देवान राईसहित ६ जनाको मृत्यु भएको छ भने, भर्ना भएका एक नेपाली युक्रेनमा बन्धकमा परेका छन् । परराष्ट मन्त्रालयले विज्ञप्ति जारी गर्दै रुसी सेनामा भर्ना भएका देवान राईसहित ६ जना नेपालीहरुको मृत्यु  भएको पुष्टि गरेको छ । 


मन्त्रालयका अनुसार मृत्यु हुनेमा पोखराको देवान राई, गोरखाका सन्दिप थपलिया, कपिलवस्तुको रुपक कार्की, स्याङ्जाको पुतलीबजार नगरपालिकाका पितम कार्की, दोलखाको राजकुमार रोका र इलामका गंगाराज मोक्तान रहेका छन्  ।  


मन्त्रालयका अनुसार रुसी सेनामा भर्ना भएका विवेक खत्रीलाई युक्रेनमा बन्धक बनाएको समेत जनाएको छ । युक्रेनको बन्धकमा परेका खत्रीलाई नेपाल फिर्ता गर्न कुटनीतिक पहल भइरहेको जनाइएको छ । 


विदेशी सेनामा नेपाली नागरिकहरु भर्ना  सम्बन्धमा परम्परागत रुपमा रहेको सम्झौता अन्तरगत केही मित्र राष्ट्रहरुको राष्ट्रिय सेनामा नेपाली नागरिकहरु भर्ना हुँदै आएकोमा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुने अनुमति दिने नेपाल सरकारको नीति नरहेको उल्लेख गरिएको छ ।

 

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्

पोखरा ।  जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।   जिल्ला प्रहरी कार्यालय कास्कीका अ...

थप पढ्नुहोस्